अपडेट 
२०७७ जेष्ठ ८, बिहीबार ०७:३०

वीरगञ्ज ।कोरोना भाइरस संक्रमितहरुको संख्या बढन थालेपछि क्वारेन्टाइन र आइसोलेशनको संख्या बढाउने कार्य सुरु भएकोछ ।

घनावस्तीमा रहेका होटेल, धर्मशालाहरुलाई क्वारेन्टाइन र आइसोलेशन बनाउने तयारीको स्थानीय बासिन्दाहरुबाट चर्को विरोध हुन थालेको छ ।

लकडाउनको उल्लंघनगर्दै वीरगञ्ज–१६ नगवाबासीले स्थानिय प्रशासन विरुद्ध आन्दोलित भएका छन् ।नगवामा रहेको बाबा होटलको भवनमा आईसोलेसन तथा क्वारेन्टाईन बनाउन लागेको भन्दै स्थानियले विरोध जनाउँदै सडकमा उत्रेका हुन ।

स्थिति नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय नगवा, वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गरिएको छ ।

पर्सा जिल्लामा संक्रमितको संख्या बढ्न थालेपनि पर्साका प्रमुख जिल्ला अधिकारी सहभागि केन्द्रबाट आएको क्राईसिस म्यानेजमेन्टको अनुगमन टोलीले बुधबार वीरगञ्ज महानगरपालिकाको सम्भावित ठाउँको अनुगमनको क्रममा नगवाको बाबा होटल समेत अनुगमन गरेका थिए ।

अनुगमन टोली फर्के लगतै भेला भएका स्थानियले यहाँ आईसोलेशन वा क्वारेन्टाईन बनाउँन नदिने भन्दै विरोधमा उत्रेका हुन । घनावस्ती विच स्थापना गरिने आईसोलेशन वा क्वारेन्टाईनमा बस्न आउँने संक्रमितबाट गाउँमा संक्रमण फैल्न सक्ने त्रासले स्थानिय प्रशासनको विरोध गरिएको हो ।

स्थानिय प्रशासनले सर्वदलीय तथा स्थानियसँग कुनै प्रकारको छलफल नै नगरी कोरोना संक्रमणको आंशका लागेका व्यक्तिलाई यहाँ राख्न लागेको भन्दै विरोधमा उत्रिएको वडा अध्यक्ष श्यामबाबु चौरसियाले बताए ।


नगवाका स्थानियले बाबा होटलको मुल गेटमा ताल्चा र काठको पिल्लर राखेर बाटो छेकेर विरोध जनाएका छन । सयौंका संख्यामा रहेका स्थानियले, स्थानिय प्रशासन बल प्रयोग गरे त्यसको जवाफ दिन प्रतिकारमा उत्रिने चेतावनी समेत दिए ।

यसैबीच प्रहरीले जनकपुरधामको अत्यन्त सुविधा सम्पन्न र श्याम बाबाको मन्दिर समेत रहेको मारवाडी सेवा समितिलाई क्वारेन्टाइनका लागि दवाव दिन थालेकोछ ।बीच वस्तीमा रहेको र भगवानको मन्दिर समेत रहेकाले क्वारेन्टाइन अथवा आइसोलेशनका लागि भवन उपलब्ध गराउन नसकिने समितिका अध्यक्ष ललित बजाजले बताए ।तर प्रहरीले पटक पटक निरीक्षणगर्दै क्वारेन्टाइनका लागि दिन दवाव सृजनागर्न थालेको बताइएकोछ ।

Comment


Related News

Latest News

Trending News