अपडेट 
२०७७ जेष्ठ ८, बिहीबार ०७:५१

जनकपुरधाम ।देशमा कोरोना संक्रमितहरुको संख्या मध्ये प्रदेश २ मा कुल १ सय ३७ जना संक्रमित छन् ।संक्रमितको संख्या हरेक दिन थपिदैछ ।तर भीटीएम(भाइरस कलेक्सन ट्युव)को चरम अभाव भएकोछ ।

भीटीएम अभावको कारण पीसीआर टेस्ट प्रभावित भएकोछ ।प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा बुधवार ७ सय ७ स्वाब संकलन भएकोछ ।स्वाब परीक्षणको काम वीरगञ्जको नारायणी अस्पताल बाहेक अन्य अस्पतालहरुमा भइरहेको छैन् ।मन्त्रालयका अनुसार हाल सम्म कुल स्वाब कलेक्सन ६ हजार ६ सय २३ भएकोमा १ हजार ४ सय ३ को नतिजा आउन बाँकी छ ।

प्रदेश २ को स्वास्थ्य आपुर्ती केन्द्रका प्रमुख डा.प्रमोद कुमार यादवका अनुसार भीटीएमको अभाव रहेको बताए ।‘प्रदेशमा आवश्यकता अनुसार भीटीएम उपलब्ध भइरहेको छैन्’ उनले भने, भीटीएमको अभावमा पीसीआर टेस्ट प्रभावित भएकोछ ।

प्रदेश २ मा हाल सम्म २ सय १२ वटा क्वारेन्टाइन खडा गरिएकोछ ।त्यसमा ७ हजार ३ सय ५६ शैय्या रहेको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।मन्त्रालयका अनुसार ४ हजार ७ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् ।प्रदेश सरकार र पालिकाहरुले अलग अलग क्वारेन्टाइन बनाएका छन् ।मन्त्रालयका अनुसार होम क्वारेन्टाइनमा ४ हजार ९ सय ६६ जना रहेका छन् ।प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या बढन थालेपछि आइसोलेशनको संख्यापनि थप्न लागिएकोछ ।हाल आइसोलेशनमा ४ सय ४७ शैय्या रहेकोमा १ सय ३७ जना भर्ना छन् ।

किट अभावको कारण कन्ट्याक्ट ट्रेसिंग भएका व्यक्तिहरुको समेत पीसीआर टेस्ट हुन सकिरहेको छैन् ।संक्रमितको सम्पर्कमा रहेका मानिसहरुले टेस्टका लागि सम्बन्धित निकायहरुमा सम्पर्क गरेपनि टेस्ट नभएको दुखेसो पोख्न थालेका छन् ।उनीहरुमा त्रास बढेको देखिन्छ ।समाजिक विकास मन्त्रालयका अनुसार परीक्षण भएका टेस्टमा ५ हजार ८३ को नतिजा निगेटिव आएकोछ ।

आरडीटीको विश्वसनियता समाप्त भइसकेपनि प्रदेश २ मा बुधवार समेत ६४ वटा आरडीटी गरिएकोछ ।यहाँ कुल ५ हजार ८ सय २८ आरडीटी गरिएकोछ ।त्यस मध्ये १२ जनाको पोजेटिव र ५ हजार ८ सय १६ जनाको निगेटिव आएकोछ ।

प्रदेश २ मा हाल जिल्लागत रुपमा सर्वाधिक संक्रमित पर्सा जिल्लामा ८८ जना रहेका छन् ।बारामा ५ जना, रौतहटमा २२ जना, सर्लाहीमा ३ जना, महोत्तरीमा ४ जना, धनुषामा ८ जना, सिरहा र सप्तरीमा १÷१ जना रहेको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

Comment


Related News

Latest News

Trending News