२०८३ भाद्र ३०, मंगलवार ११:५९

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ।  सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार ६ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment

Related News