२०८३ आश्विन १, बिहीबार ०७:२३

भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार पुनः पदभार ग्रहण गरेका छन्।

बुधवार बिहान करिब १० बजे निवासमा पूजाआजा गरेपछि सिंह महानगरपालिका कार्यालय पुगेर कार्यभार उनले सम्हालेका हुन् । उनी महानगर कार्यालय पुग्दा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यालय पुगेपछि सिंहले महानगरपालिकामा राखिएको आफ्ना गुरुको तस्बिरमा माल्यार्पण गर्दै पूजा गरेका थिए। त्यसपछि उनले औपचारिक रूपमा महानगर प्रमुखको पदभार सम्हालेका हुन् । पदभार ग्रहणका क्रममा पूर्वमन्त्री प्रदीप यादव पनि सिंहसँगै महानगरपालिका कार्यालय पुगेका थिए ।

विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ दिएपछि सिंहको पुनः पदबहाली भएको हो । पदभार ग्रहणसँगै वीरगञ्ज महानगरपालिकाको नियमित प्रशासनिक नेतृत्वमा सिंह फर्किएका छन् । सिंहमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि उनी पदबाट निलम्बित भएका थिए। विशेष अदालतको फैसलापछि उनको निलम्बन अन्त्य भएसँगै पुनः पदभार ग्रहण गर्ने बाटो खुलेको हो ।

Comment

Related News

Latest News

Trending News