२०८३ आश्विन २, शुक्रबार १६:१०

प्रधामन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेर समूहका सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा जेनजी उमेर समूहका सांसदहरुसँग अन्तरक्रियाका क्रममा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभुत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आव्हान समेत गर्नुभयो । यसका लागि उहाँले स्थलगत अध्यय तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न उहाले सुझाव दिनुभयो ।

साथै प्रधानमन्त्री शाहले राजनीतिलाई पेशा नबनाइ आम्दानीको छुट्टै व्यवसायीक आधार खडा गर्दै दीर्घकालिनरुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गर्नुभएको रास्वपा सांसद केपी खनालले जानकारी दिनुभयो ।

छलफलमा सांसदहरुले आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Comment

Related News

Latest News

Trending News