२०८३ आश्विन ३, शनिबार २३:४२

नेपाली कांग्रेसको संस्थापन पक्षले १५ औं महाधिवेशन तयारीका लागि असोज ३ गते घोषणा गरेको वडा अधिवेशन मधेश प्रदेशको कमै वडामा हुन सकेको छ । मधेश प्रदेशको आठ जिल्लामा १ सय ३६ पालिका रहेकोमा शनिवार अबेर राती सम्म अधिकांश वडामा अधिवेशन हुन सकेको छैन् ।

मधेश प्रदेशको मुख्यमन्त्री समेत रहेका प्रदेश सभापति कृष्णा यादवको निर्वाचन क्षेत्र नम्बरमा विवाद भएपछि जिल्लाको सबै वडामा अधिवेशन स्थगन गरिएको छ । प्रदेश प्रवक्ता नितेश गुप्ताले जनाए अनुसार रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा विवाद देखिएपछि जिल्लाको अधिवेशन स्थगन गरिएको छ । ‘प्रदेश सभापति समेतको उपस्थितिमा भएको बैठकले बिबाद टुंग्याएको छ ’ उनले भने, आइतवार जिल्लाको सबै वडामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।

संस्थापन पक्षमा रहेका पूर्व सहमहामन्त्री महेन्द्र यादव समेतका नेताहरु वडा अधिवेशन गराउन लागेको बताइन्छ ।धनुषा जिल्लाको तीनवटा निर्वाचन क्षेत्रमा वडा अधिवेशन भएपनि यादवको निर्वाचन क्षेत्र रहेको चार नम्बरमा वडा अधिवेशन प्रारम्भ हुन सकेन् ।त्यहाँ सांसद डा.चन्द्रमोहन यादवको वडा नम्बर चार र जनकपुरधामको वडा नम्बर १९ मा बिबाद रहेकोले अधिवेशन स्थगन गरिएको छ । धनुषाका जिल्ला सभापति योगेन्द्र पजियारले जनाए अनुसार तीस देखि चालिसवटा वडामा मात्र अधिवेशन भएको छ ।धनुषामा १ सय ६९ वटा वडा रहेका छन् । कांग्रेस इतर पक्षले घोषणा १५ गते वडा अधिवेशन गर्ने घोषणा गरेको छ ।कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, सांसद आनन्द प्रसाद ढुंगाना लगायतका नेताहरु इतर पक्षमा रहेका छन् ।इतर पक्षले दावी गरे अनुसार धनुषामा संस्थापन पक्षको वडा अधिवेशन थोरै स्थानमा सिमित व्यक्तिहरुको सहभागितामा भएको छ ।

संस्थापन र इतर पक्षले नेपाली कांग्रेस, चारतारा झण्डा र रुखछापकै ब्यानर बनाएर वडा अधिवेशनको घोषणा गरेको छ ।दुवै पक्षले पार्टीको १५ औं महाधिवेशन नै घोषणा गरेका छन् । संस्थापन पक्षले घोषणा गरेको वडा अधिवेशन नहुनुको कारण नेता र कार्यकर्ताहरु अल्मलमा पर्नु हो ।केन्द्रिय स्तरका नेताहरु प्रष्ट रुपमा विभाजित देखिएपनि वडाका नेता, कार्यकर्ताहरु अझै अल्मलमा रहेका छन् । संस्थापन पक्षमा समेत नेताहरुबीचको पुरानो गुटबन्दी कायमै रहेको छ ।धनुषाको चार नम्बर क्षेत्रमा डा.चन्द्रमोहन यादवको अडानको कारण वडा अधिवेशन रोकिएको छ ।उनको प्रभाव जनकपुरधाम उपमहानगरको वडा नम्बर १९ र उनको गृह वडा रहेको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ४ सपहीमा रहेको छ ।त्यहाँ सदस्यता विवाद रहेको बताउँदै क्षेत्रभरिकै अधिवेशन स्थगित गरिएको छ । डा.यादव इतर पक्षका नेता डा.शेखर कोइरालाको पक्षमा रहेको बताइन्छ ।उनी संस्थापन पक्षमा नरहेकाले वडामा अधिवेशन स्थगन गराएको बताइन्छ ।तर दुई खेमामा रहेका महेन्द्र यादव र जिल्ला सभापति पजियार भने हाल एउटै खेमा संस्थापन पक्षमा जोडिएका छन् ।

धनुषाका जिल्ला उपसभापति गणेश झाले जनाए अनुसार केन्द्रिय निर्वाचन प्रतिनिधिले अधिवेशन स्थगन नगरेपनि कार्यवाहक क्षेत्रीय सभापति योगनारायण यादवले समाजिक सञ्जाल फेसबुकमा वडा अधिवेशनहरु स्थगन भएको सूचना सार्वजनिक गरेपछि स्थगन भएको हो । महोत्तरी जिल्लामा १ सय ८० वडा रहेकोमा अधिकतम १५ वटा वडामा शनिवार अधिवेशन सम्पन्न भएको जिल्ला सभापति नागेश्वर यादवले जनाएका छन् ।‘सबै वडामा प्रकृया प्रारम्भ भइसकेको छ ’ उनले भने, अधिकांश वडामा आइतवार सम्पन्न भइसक्ने छ ।कतिपय वडामा सहमतिको प्रयास, कतिपयमा चुनावको चर्चा, कतिपयमा सदस्यताको झमेला देखिएपनि सबै वडामा सहमती नै हुने संभावना रहेको उनले बताए ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर तीनमा पर्ने जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ मा सर्वसम्मतीबाट पुरानै सभापति दोहरिएका छन् ।धनुषाका चर्चित कांग्रेसका नेतामा गणिनथालेका जिवनाथ चौधरीको घर रहेको सो वडामा कांग्रेस इतर पक्षको प्रभाव निकै कमजोर देखिएको छ । बारा र पर्सा जिल्लाकोपनि अधिकांश वडामा अधिवेशन हुन सकेको छैन् ।पार्टी भित्रको किचलोले वडास्तरीय कार्यकर्ताहरु खुल्न चाहिरहेका छैनन् ।उनीहरुले पार्टीलाई एकिकृत गर्न केन्द्रिय नेताहरुमाथि दवाव बनाउने प्रयास गरेका छन् ।

सर्लाही, सिरहा र सप्तरी जिल्लामापनि थोरै वडामा अधिवेशन भएको छ ।अधिकांश वडामा अधिवेशन हुन सकेन् ।संस्थापन पक्षको अधिवेशन निर्धारित समयमा थोरै वडामा हुनुलाई इतर पक्षले आफ्नो प्रभाव बलियो रहेको तर्क दिएको छ । अधिकांश केन्द्रिय नेताहरु मधेश प्रदेशमा संस्थापन पक्षमा छन् ।तर वडा स्तरका नेता, कार्यकर्ताहरु विभाजित हुन चाहेका छैनन् ।

Comment

Related News