अपडेट 
२०७७ जेष्ठ ९, शुक्रबार १०:०९

काठमाण्डु । नेपालमा बिहीवार साँझ सम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेकोछ । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएको पुष्टि गरिएकोछ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उनी उपचाररत थिए ।

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा भर्ना भएका शिक्षण पेशामा रहेका पुरुषको २ गते स्वाब संकलन गरिएको थियो । उनी कोरोना भाइरस संक्रमित रहेको पुष्टि जेठ ५ गते भएको थियो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अब ३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशमा संक्रमितहरुको संख्या ४ सय ५७ पुगेको छ । मन्त्रालयका अनुसार विहिबार बिहान ८ जना र साँझ ९ जनामा संक्रमण रहेको पुष्टि गरिएको हो ।साँझ सम्म १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पुष्टि गरेका हुन् ।

प्रवक्ता डा. देवकोटाले अपराह्ण रूपन्देहीमा १ र झापामा ८ संक्रमित फेला परेको पुष्टि गरेका हुन्। उनीहरू सबै पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १६ जना नयाँ संक्रमित पुष्टि भएको थियो ।

उनीहरुसमेत झापा, कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय १५ जना पुरुष हुन् । त्यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरीको धरान उप–महानगरपालिका निवासी ५१ वर्षीया महिला हुन् ।उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ । विहिवार साँझ सम्म झापामात्र २४ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

यसैबीच काडमाण्डुको टेकु अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् ।

भीटीएमको अभावमा केहि प्रदेशहरुमा टेस्टको गति शिथिल भएकोछ ।संक्रमितहरुको टे«सिंगबाट सम्पर्कमा आएका मानिसहरुको पनि टेस्ट नभएको गुनासोहरु बढन थालेकाछन् ।प्रदेश ५ मा सरकारले पीसीआर किट उपलब्ध नगराएपछि पालिकाहरुले आफै खरिद गर्न थालेका छन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय १३ र आरडीटी विधिबाट ३ हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।

कोरोना भाइरस संक्रमितहरुको संख्या प्रदेश १ मा पनि तिव्रगतिमा बढन थालेकोछ ।पछिल्लो समयमा झापामा मात्र २४ जना पुगेको छ ।यस अघि उदयपुरको भुल्केमा अत्यधिक संक्रमित फेला परेका थिए ।

पछिल्लो तथ्यांक अनुसार प्रदेश नम्बर १ मा ८४ जना , प्रदेश २ मा १ सय ३६ जना , बागमती प्रदेशमा ३५ जना, गण्डकीमा ४ जना, प्रदेश नम्बर ५ मा १ सय ९७ , गण्डकी प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा १० जना संक्रमित देखिएका छन् ।आइसोलेशनमा कुल ४ सय १ जना रहेका छन् ।

Comment


Related News

Latest News

Trending News