२०८३ आश्विन ८, बिहीबार १०:५०

नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज बिहीबार बिहान अवतरणका क्रममा दुर्घटनामा परेको छ। एन-एजेएच कलसाइन रहेको उक्त जहाजको पछाडिपट्टि दायाँतर्फको टायर फुस्किँदा धावनमार्गमै दुर्घटना भएको छ।

बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको जहाजमा ७ जना विदेशीसहित १३ जना यात्रु सवार थिए। दुर्घटनामा परेका सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेका छन्।

जहाज धावनमार्गमै रोकिएका कारण अहिले जुफाल विमानस्थलमा अन्य जहाजको अवतरण तथा उडान ठप्प भएको छ।

Comment

Related News

Latest News

Trending News