सुनको मूल्यमा आज पनि गिरावट आएको छ।
सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ बिहीबार तोलाको २ लाख ९९ हजार १ थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर ४ हजार ६ सय २० रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ १ सय ६५ रुपैयाँ घटेर ४ हजार ६ सय ५० रुपैयाँमा झरेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।



