१. भदौ पहिलो साताबारा जितपुर सिमरा उपमहानरपालिका– १ दसधुरीकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भयो । जितपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित वीर बहादुर रोकाको खाली घरमाशव फेला प¥यो । घटनामा संलग्न रहेको आरोपमा जितपुर सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय किशोरलाई पक्राउ गरियो । बारा जिल्ला अदालतले उनलाई पुर्पक्षको लागिबाल सुधार गृहमा पठाउने आदेश सुनायो ।
२ यस अघि बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या भएको थियो । प्रहरी अनुसन्धानबाट सोही विद्यालयमा पढ्ने एक १७ वर्षीय किशोर (नाबालक) को संलग्नता पुष्टि भएको थियो । ती किशोरले रिसिइबी र प्रतिशोध साँध्नका लागि सो जघन्य अपराध गरेको स्वीकारेका थिए । आरोपीलाई बाल सुधार केन्द्र पठाइयो ।
३, २०८१ चैतमा अछामको ढाकारी गाउँपालिका–८ मा १४ वर्षीया ईश्वरा खड्का र १५ वर्षीया सरस्वती खड् काको विभत्स हत्याभएको थियो । प्रहरी अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा रहेका दुई जना १८ वर्षमुनिका किशोरहरूले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि उनीहरूको हत्या गरेको खुलेको थियो । अदालतले उनीहरूलाई डोटीस्थित बाल सुधार गृहमा पठाउन आदेश दिएको थियो ।
४ काभ्रेको बनेपा बसपार्क नजिकै सामान्य विवाद र चोरीको आरोप लगाएको झोकमा सडक बालबालिकाहरूको समूह मलेर दुई जना महिलाको कञ्चट र छातिमा प्रहार गरी क्रूरतापूर्वक हत्या गरेका थिए । पक्राउ परेका नाबालकहरूले रिसको झोकमा उक्त जघन्य अपराध गरेको स्वीकार गरेका थिए । ती नाबालिकहरुलाई पनि बाल सुधार केन्द्र पठाइयो ।
५, २०८२ सालमा जाजरकोटमा एक १२ वर्षीय बालकले ३ वर्षीया बालिकालाई जबर्जस्ती करणीको प्रयास गरी हत्या गरेका थिए । उमेर अत्यन्तै सानो (१४ वर्ष मुनि) भएका कारण कानुनी प्रावधान अनुसार उनलाई अभिभावकको जिम्मा लगाइएको थियो ।
६, २०८२ सालमै कैलालीमा एक १४ वर्षीय बालकले ७ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई पनि बाल सुधार केन्द्र पठाइयो । माथिका यी प्रतिनिधि घटनाहरुले आम नेपालीको मन मुटुमा एउटा सबाल खडा गरेको छ–मोटर सायकल, ई–रिक्सा, चार प्यांग्रे गाडी चलाउन सक्ने, सहचालकको रुपमा काम गर्न सक्ने, व्यावसाय र मजदूरी गर्न सक्ने, प्रेम सम्बन्ध बनाउन सक्ने, सहवास गर्न सक्ने, आवश्यक परे हत्यासम्म गरेर शव व्यवस्थापन गर्न सक्ने तर उमेरको हिसाबले १८ वर्ष मुनिका भएकै कारण दण्ड सजायबाट मुक्ति पाउने ? न्याय संगतहो कि होइन ? बारा जीतपुर सिमराकी तीन वर्षिया बालकसंग भएको बलात्कार र हत्याको घटनापछि यो मुद्दा राष्ट्रिय वहसको विषय बनेको छ । १८ वर्ष मुनिका किशोर भनौँ वा युवकहरु जस्तो सुकै अपराध गर्दा पनि अभिभावकको जिम्मा लगाउनु पर्ने, पुर्पक्षमा राख्नु परे सुधार केन्द्रमा राखिनु पर्ने अनि दोषी नै ठहर भए पनि उमेर समूह अनुसार, आधा वा सो भन्दा पनि थोरै सजाय काट्नु पर्ने कानूनमा परिमार्जन आवश्यक छ कि छैन ?
तर यस विषयलाई बुझ्न, बालबालिका सम्बन्धी ऐन २०७५ बारे बुझ्नु आवश्यक हुन्छ । ऐनको प्रस्तावनामा लेखिएको छ– बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवद्र्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्न बालबालिका सम्बन्धी ऐन ल्याइएको हो । तर सवाल उठ्छ– बलात्कार गरेर हत्या गरिएकी गरिमा चौधरी तीन वर्षकी मात्र थिइन् र आरोपी १६ वर्षका । जाजरकोटमा बलात्कार पछि हत्या गरिएकी चेली तीन वर्षकी मात्र थिइन् र आरोपी १२ वर्षका । यो ऐन गरिमाहरुको हक अधिकारलाई सम्बोधन गर्ने कि नगर्ने ?? बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ४ को बुंदा ३६ मा सजाय सम्बन्धी व्यवस्था छ । जसमा उमेर समूह अनुसार सजायको कानुनी प्रावधान छ । १० वर्ष मुनिका बालबालिका माथि कुनै पनि सजाय वा कानुनी कारबाही नहुने व्यवस्था छ भने १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाको हकमा कैद सजाय नहुने तथा बढीमा ६ महिना बाल सुधार गृह वा अभिभावकको जिम्मामा बस्नु पर्ने व्यवस्था छ । १४ देखि १६ वर्ष उमेर समूहका हकमा वयस्कलाई हुने सजायको आधी (५० प्रतिशत) मात्र सजाय हुने तथा १६ देखि १८ वर्ष उमेर समूहको हकमा वयस्कलाई हुने सजायको दुई–तिहाइ (६६ प्रतिशत) सजाय बाल सुधार गृहमा काट्नु पर्ने व्यवस्था छ । पछिल्ला दिनहरुमा १८ वर्ष मुनिका उमेर समूहका नाबालिक –



