२०८३ आश्विन १०, शनिबार १८:०१

संयुक्त राष्ट्रसंको ८१औँ महासभामा सहभागी भई प्रधानमम्न्त्री बालेन्द्र शाह स्वदेश फर्कनुभएको छ ।

अमेरिकाको न्युयोर्कमा भएको महासभामा सहभागी भई प्रधानमन्त्री शाह शनिबार अपरान्ह स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएको थियो ।

१४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी भई प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको थियो ।

Comment

Related News

Latest News

Trending News