अपडेट 
२०७७ जेष्ठ ९, शुक्रबार १४:२७

काठमाण्डु ।पार्टी दर्ताको प्रकृयामा जानु अगावै जनता समाजवादी पार्टीको भविष्य धरापमा परेको छ ।पार्टीको सेरोमोनियल नेताको रुपमा रहन सहमति गरेका महन्थ ठाकुरले विहिवारको बैठकमा सर्वाधिकार अध्यक्ष बन्ने महत्वाकांक्षा देखाएपछि निर्णयमा पुग्न सकेन् ।

आधा दर्जन पार्टी एकिकृत भएर बनेको राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको हाल सम्म कुनै तहमा एकल संगठन बन्न सकेको छैन् ।४ वर्ष भन्दा पुरानो भइसकेपनि राजपाले संगठनको स्वरुपग्रहण गर्न सकेको छैन् ।


दुई महिने अध्यक्ष मण्डलको संयोजकको चक्रिय प्रणालीमा रहेका केहि नेताहरुले ठाकुरलाई ‘सर्वशक्तिमान’ बनाउने प्रस्ताव गरेर पार्टी एकिकरणको प्रकृयालाई धरापमा पान थालेको बताइएको छ ।

स्रोतहरुका अनुसार दुवै दलबीच भएको सहमति अनुसार ठाकुर पहिलो वरियतामा, डा.बाबुरा भट्टराई दोस्रो र कार्यकारी अधिकार सहित उपेन्द्र यादव तेस्रो वरियतामा रहने बताइएको थियो ।तर ठाकुरले कार्यकारी अधिकार सहित पहिलो वरियतामा रहने ‘चाहना’ राखेपछि बैठक बिना निर्णय टुंगिएको हो ।

राजपा अध्यक्ष मण्डलमा ठाकुरको हैसियत र अनिल झाको हैसियत समान छ ।अहिले पार्टीको संयोजक शरतसिंह भण्डारी रहेका छन् ।

वैशाख १० गते राती हतारमा एकिकरण गरिएको समाजवादी पार्टी र राजपाको नाम जनता समाजवादी पार्टी राखेर निर्वाचन आयोगमा प्रतिबद्धता पत्र दर्ता गराइएकोछ ।राजपाको चुनाव चिन्ह र समाजवादीको झण्डा रहेको जसपा पार्टी एकिकरणका लागि दुवै दलले केन्द्रिय समितिबाट निर्णय अनुमोदन गराइसकेका छन् ।

तर दुवै दलका नेताहरुबीच ‘शक्ति सन्तुलन’ मिल्न नसक्दा पार्टी दर्ताको प्रकृया अगाडी बढन सकेको छैन् ।बैठकमा सहभागि एकजना नेताका अनुसार राजपाले गरेको प्रस्तावपछि समाजवादी पार्टीले यस विषयमा सहमति नभएको र सहमति भन्दा विषय बाहिर गएकाले आ–आफ्नो दलमा पुनः छलफलगरि बस्ने सहमति भएकोछ ।

समाजवादी पार्टीले कार्यकारी अधिकार सहित उपेन्द्र यादवलाई अध्यक्ष बनाउन भएको सहमतिलाई नै कार्यान्वयन गर्नुपर्ने अडान छाडेको छैन् ।

बैठकमा समाजवादीको तर्फबाट डा.भट्टराई, यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ थिए ।राजपाको तर्फबाट संयोजक भण्डारी, ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र राजकिसोर यादव रहेका थिए ।अनिल झा काठमाण्डु बाहिर रहेकाले बैठकमा सहभागि हुन सकेनन् ।

दुवै दलको बैठक बस्नु अगावै मध्यान्ह १२ बजे बसेको राजपाको बैठकमा ठाकुरलाई सर्वेसर्वा बनाउन वृशेषचन्द्र लाल, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला लगायतले लविंग गरेका थिए ।संयुक्त बैठकमा महतोले ठाकुरलाई त्यै अनुसार सर्वाधिकार सम्पन्न अध्यक्ष बनाएर भट्टराईलाई सेरोमोनियल राख्नुपर्नै पर्ने बाध्यता भएपछि राखिने प्रस्ताव गरेका थिए ।

यादव, राई, श्रेष्ठ लगायतलाई भूमिकाविहिन बनाउने प्रयास गरिएको एकजना नेताले बताए । समाजवादी पार्टीका नेताहरुलाई अहिले भूमिका विहिन बनाउने खेलमा राजपा अध्यक्ष मण्डलका केहि नेताहरु लागेकाले परिणाम प्रतिउत्पादक हुन सक्ने उच्चस्रोतले जनाए ।

Comment


Related News

Latest News

Trending News