२०८३ आश्विन १२, सोमबार ०७:४१

धनुषाबाट प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको विदेह नगरपालिका वडा नं. ८ बफैबाट २०.३४ ग्राम ब्राउनसुगरसहित स्थानीय अजय मण्डललाई पक्राउ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाको संयुक्त टोलिले बिशेष सूचनाको आधारमा लागू औषध किनबेच गर्दै गर्दा स्थानीय अजय मण्डललाई गोली प्रहार गर्दै पक्राउ गरेको हो । प्रहरीका अनुसार आइतवार साँझ करिब ५ः३० बजे मण्डललाई नियन्त्रणमा लिइएको जिप्रका धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जनाएको छ । पक्राउ गर्ने क्रममा प्रहरी र लागु औषध कारोबारी बीच तनाव उत्पन्न भएको थियो ।

घटना नियन्त्रण गर्न खोज्दा एक राउण्ड हवाईफायर गर्नुपरेको प्रहरीले जनाएको छ । यता घटनामा परि एक जना प्रहरी घाइते भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News