२०८३ आश्विन १३, मंगलवार १६:५२

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले गिरफ्तार नभएर सुरक्षा प्रदान गरेको सरकारले बताएको छ ।

मन्त्रिपरिषद्पछि सञ्चारकर्मीसँग कुरा गर्दै  प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् । ”उहाँलाई सुरक्षा थ्रेटका कारण प्रहरी कार्यालयमा लगिएको हो। सुरक्षा थ्रेटबारे उहाँको परिवारबाटै दिइएको निवेदन सार्वजनिक भइसकेको छ । उहाँलाई गिरफ्तार गरिएको होइन,” उनले भने ।

राणालाई जेनजी समूहबाट नभएर अज्ञात समूहबाट थ्रेट रहेको उनले बताए । ”जेनजीबाट थ्रेट भन्ने कुरा हल्ला मात्रै हो,” मन्त्री पोखरेलले भने ।

Comment

Related News

Latest News

Trending News