मधेश प्रदेश सभाको बैठक नबन्दै करोडौ रुपैया खर्च भइरहेको छ । मधेश प्रदेश सभा सचिवालयका अनुसार साढे दुई महिनादेखि प्रदेश सभाको बैठक बसेको छैन । तर प्रदेश सांसदहरुको तलबभक्तामा मात्रै तलबभत्तामा मात्रै करिब १ करोड ४० लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
साढे दुई महिनादेखि प्रदेश सभाको बैठक बस्न नसकेको बारे सभामुख रामअशिष यादवले चासो देखाएका छन् । प्रदेश सभाको बैठक बस्न नसकेको बारे उनले भने प्रदेश सभा बैठक आह्वानका विषयमा आफूले मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग पटकपटक ध्यानाकर्षण गराएपनि चासो लिइएको छैन । उनका अनुसार प्रदेश सभा लामो समयदेखि बैठकविहीन हुँदा विधायिकी काम प्रभावित हुनुका साथै प्रदेशसभा सदस्यहरू जनप्रतिनिधिको मुख्य जिम्मेवारीबाट समेत टाढा रहनुपर्ने अवस्था बनेको छ ।
सभामुख यादवले प्रदेश सभा बैठक सञ्चालन गर्ने विषय सरकारले प्राथमिकतामा हेर्नुपर्ने बताए । मुख्यमन्त्रीसँगको भेट तथा छलफलमा बैठक आह्वानका लागि पटकपटक ध्यानाकर्षण गराएपनि अहिलेसम्म मन्त्रिपरिषद् बाट औपचारिक निर्णय नआएको भनी जवाफ दिने गरिएको उनले बताए । प्रदेश सभा बैठक नबसे पनि प्रदेश सभा सदस्यहरूको तलबभत्ता लगायतका शीर्षकमा राज्यकोषबाट खर्च भने भइरहेको छ ।
बैठक सञ्चालन नभएको अवस्थामा समेत ठूलो रकम तलबभत्तामा खर्च भइरहँदा प्रदेश सभा सञ्चालनमा सरकारको उदासीनताप्रति प्रश्न उठेको छ । प्रदेश सभाको बैठक नियमित रूपमा सञ्चालन गरी आवश्यक कानुन निर्माण, सरकारका काम कारबाहीमाथि छलफल तथा जनताका समस्या सदनमा उठाउने वातावरण निर्माणपति प्रदेश सरकार चनाखो हुनु प¥यो उनको भनाई छ ।



