२०८३ आश्विन १८, आईतवार ०७:५२

नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा विनयकुमार यादव निर्वाचित भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षबाट भएको क्षेत्रीय अधिवेशनमा यादव क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । जनकपुरधाम उपमहानगरपालिकाका मेयर समेत रहेका नगर सभापति मनोज साह पनि उम्मेदवार थिए । तर उनी ब्याक भएपछि यादव निर्वाचित भएका हुन् ।

यस्तै, धनुषा ३ बाट नेपाली कांग्रेसका संस्थापन पक्षतर्फ खुला महाधिवेशन प्रतिनिधिमा १० जना निर्वाचित भएका छन् । खुलातर्फ सर्वाधिक मत प्राप्त गर्नेमा जीवनाथ चौधरी रहेका छन् । उनले ६७७ मत प्राप्त गरे । त्यसपछि गणेश झाले ६५०, रामसरोज यादवले ६४७ र प्रफुल्ल घिमिरेले ६४५ मत प्राप्त गरेका छन् । यसैगरी हरिशंकर शाहले ५९१, रामबाबु यादवले ५८१, मनोजकुमार साहले ५७९, पप्पु ठाकुरले ५४८, सुनिलकुमार झाले ५१३ तथा राजकुमार साहले ५११ मत प्राप्त गर्दै खुला महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिको निर्वाचनसँगै धनुषा–३ मा कांग्रेसको आगामी महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधित्वसमेत तय भएको छ ।

Comment

Related News

Latest News

Trending News