अपडेट 
२०७७ जेष्ठ १०, शनिबार १५:०१

सर्लाही । सर्लाहीमा पछिल्लो पटक एकै साथ देखापरेका १५ जना संक्रमित भारतबाट लुकेर आएको पाइएको छ ।

सीमाको चोरबाटो प्रयोग गरी पछिल्लो साता सर्लाही छिरेका ती व्यक्तिहरुमा संक्रमित देखिएको हो ।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर गाउँपालिकाका १५ जनामा कोरोना संक्रमण देखिएको छ । गोडैटाका १ महिलासहित १४ जना र रामनगर गाउँपालिकाका १ पुरुष संक्रमित देखिएका छन् ।

उनीहरु लुकेर नै सीमाबाट आएको देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । सीमा पार गरिसकेका उनीहरुलाई भने सिधैं क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा राखेर बुधबार स्वाब संकलन गर्दा उनीहरुको पोजेटिभ देखिएको जिसीले बताए ।

Comment


Related News

Latest News

Trending News