२०८३ आश्विन १८, आईतवार १७:४५

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारिता र अराजकता बढाएको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा कांग्रेसका महाधिवेशनलाई शुभकामना दिदै प्रचण्डले सरकारकै कारण लोकतन्त्र र संविधानमाथि खतरा देखिएको समेत बताउनुभयो । उहाले सरकारका गतिविधि र अभिव्यक्तिले संविधान तथा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा पैदा गरेको उल्लेख गर्नुभयो । प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्ने र नेपाललाई विश्वमा शान्ति र लोकतन्त्रको नयाँ इतिहास रच्ने देश बनाउने जिम्मेवारी काङ्ग्रेस र गगन थापाको नेतृत्वले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले शान्ति सम्झौतामार्फत महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र थारूहरूले प्राप्त गरेको पहिचान र अधिकारलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । विगतमा आफूले शान्ति, संविधान र गणतन्त्रका लागि धेरै ‘क्रम भङ्ग’ गरेको स्मरण गर्दै उहाले अब गगन थापा र रवि लामिछाने लगायतका नयाँ नेताहरूले ‘क्रम भङ्ग’ गर्दै देश निर्माणमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाले सबै दलहरूबीचको समझदारीबाट मात्र समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माण सम्भव हुने बताउनुभयो । साथै उहाले पार्टीभित्र बाँकी रहेका अन्य नेताहरुलाई पनि एकीकृत र केन्द्रीकृत गरी विशाल शक्ति निर्माण गर्न नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो ।

Comment

Related News