अपडेट 
२०७७ जेष्ठ १०, शनिबार १९:२७

बर्दिया। जिल्लाको बढैयाताल गाउँपालिकाकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैयाताल –७ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिएको छ ।

संक्रमितलाई उपचारका लागि कहाँँ पठाउने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । यसअघि राजापुरकी ११ वर्षीया बालिका र गुलरिया नगरपालिका –११ घर भई काठमाडौँमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

Comment


Related News

Latest News

Trending News