२०८३ आश्विन २१, बुधबार ०७:३७

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै संस्थापन इतर पक्षले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अधिवेशन सम्पन्न गरेको छ ।

मंगलबार सम्पन्न अधिवेशनबाट लक्ष्मीनियाँ–३ का सुरेन्द्र यादवलाई सर्वसम्मतले सभापति चयन गरेको हो । अधिवेशन तयारी तथा जिल्लास्तरीय गतिविधि सञ्चालनका जिम्मा पाएका नेता कोमलकान्त झाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा संस्थापन इतर पक्षका नेताहरुको उपस्थिति रहेको थियो । वडा अधिवेशन सम्पन्न गरेर संस्थापन इतर पक्षले लक्ष्मीनियाँ गाउँपालिका अधिवेशनसमेत सम्पन्न गरेको हो । सो अवसरमा मनोज मिश्र, मदन ठाकुर, इब्राहिम राइन, गणेश यादव, वडा नम्बर ७ का वडा सभापति जीतेन्द्र झा, शम्भु यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

देउवा पक्षले प्रस्ताव गरेको कार्यतालिका अनुसार १५ असोजमा वडा अधिवेशन, २० असोजमा पालिका अधिवेशन, २३ असोजमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, १५ कात्तिकमा जिल्ला अधिवेशन र ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । सोहीअनुसार २१ मंसिरदेखि २३ मंसिरसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

Comment

Related News

Latest News

Trending News