२०८३ आश्विन २२, बिहीबार ०७:०७

नेपाली कांग्रेसका नेता महेन्द्र यादवले संविधान र व्यवस्था जोगाउन आन्दोलनको तयारीमा जुट्नका लागि आह्वान गरेका छन् ।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता यादवले बालेन्द्र साह नेतृत्वको सरकारलाई सन्काहा सरकारको संज्ञा दिए । तरुण दलका पूर्वअध्यक्ष समेत रहेका नेता यादवले भने, ‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र र संविधान जोगाउनको लागि भोली हामीले आन्दोलन गर्नुपर्ने हुनसन्छ, जेल जानुपर्ने हुन्छ, त्यसको लागि पनि तयार हुनुस् । यो सन्काहा सरकार हो । जतिबेला पनि संविधान र व्यवस्था मास्न सक्छ । त्यसको लागि सजग भएर तरुण दल बस्नुपर्छ ।’

तरुण दलले नै अहिलेको बेलामा व्यवस्थालाई जोगाउनसक्नेमा उनी विश्वस्त छन् । उनले थपे, ‘तरुण दल एक ढिक्का भएर पार्टी पनि जोगाउनु छ, संविधान पनि जोगाउनु छ र तरुण दललाई पनि जोगाउनु छ । त्यसैले म तरुण दलको पूर्व अध्यक्ष भएर पनि अहिले म मधेसी क्लस्टरबाट सह– महामन्त्रीको उम्मेदवार छु । मलाई विजय गराउनुहोला ।’ उनले तरुण दललाई एक ढिक्का भएर अगाडि बढ्न आग्रह गरेका थिए ।

Comment

Related News

Latest News

Trending News