२०८३ आश्विन २२, बिहीबार ०७:२९

वडा दशै, दिपावली र छठ पर्वको अवसरमा जनकपुरधामस्थित महावीर युवा कमिटीद्वारा लगाइने रोटेपिङ झुला संचालनमा रोक लगाएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले दशैं, दिपावली र छठ पर्वका लागि गरिएको सुरक्षा योजना बारे सार्वजनिक गरेको तयारीसम्बन्धी प्रेसविज्ञप्तिमा रोक लगाइएको भनिएको छ । धनुषामा भने भीडभाड हुने धार्मिक स्थलमा सञ्चालन गरिने रोटेपिङ झुलालाई लिएर प्रहरीले विशेष सतर्कता अपनाएको हो ।

गत वर्ष राममन्दिर र राजदेवी मन्दिर परिसरमा रोटेपिङ झुला दुर्घटना हुँदा केही व्यक्ति सामान्य घाइते भएका थिए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस वर्ष ती क्षेत्रमा रोटेपिङ सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । गुठी संस्थान कार्यालय अगाडि र रामन्दिरको प्राँगण महावीर युवा कमिटीले केही वर्षदेखि रमाइलो मेलाको नाममा रकम कमाउने उद्देश्यले ठूलठूला रोटेपिँग झुलाहरु लगाउँदै आएका थिए । सो झुलाबाट हुने आम्दानीबाट कमिटिले मन्दिर वा गुठीलाई कुनै रकम उपलब्ध गराउँदै आएका थिएन ।

मेलाको ठेक्काबाट कमिटीले लाखौ रुपैया कमाउँदै आएका थिए । कमिटीको महत्वाकाँक्षाले गत वर्ष रोटेपिँग झुलाको फलामे रड भाँचिदा ५६ जनाको ज्यान जोखिममा परेको थियो । ५ घण्टा लगाएर नेपाली सेना र सशस्त्र प्रहरीको अथक प्रयासपछि तिनीहरुलाई सकुशल उद्धार गरिएको थियो । त्यसपछि जोखिमयुक्त झुला वा मनोरञ्जनामत्मक कुनै गतिविधि संचालन नगरिने भन्ने निर्णय भएको थियो । यसपटक पनि कमिटीले रोटेपिङ लगायतका झुला संचालन गर्न खोज्दा स्थानीय मिडियासहितको चौतर्फी दबाव र गुठी संस्थानले अडान लिएपछि प्रशासन पनि सक्रिय भएका छन् ।

गुठी संस्थानले गुठीको जग्गामा आम नागरिकको ज्यान जोखिममा राखेर क्लब कमिटी र संघ/संस्थाहरुको कमाई खाने थलो होइन । त्यसैले ती मेलासँग आफूहरुको कुनै सरोकार नरहेको र इजाजत पनि नदिएको प्रष्ट पारेका छन् । य त ा जनकपुरधाम उपमहानगरपालिका समेतले गुठी संस्थान मातहतको राम मन्दिरमा कमिटीद्वारा लगाइने झुला बारे पत्राचार गरेका छन् । हेल्लो सरकारमा कसैले गरेको उजुरीको आधारमा संघीय सरकारले जनकपुरधाम उपमहानगरपालिकालाई पत्राचार गरेपछि बुधवार उपमहानगरपालिकाले पनि गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवालाहरुलाई मेला बारे पत्राचार गरेका हुन् ।

श्रोतका अनुसार पत्रमा उपमहानगरपालिकाले स्थानीय युवा कमिटीहरुले वडा दर्शैमा विभिन्न मठ मन्दिरमा पूजापाठदेखि भव्यता प्रदानमा सहयोग गर्दै आइरहेकाले जोखिमयुक्त कार्यको निषेध गर्दै तिनीहरुसँग समन्वयमै अघि बढन भन्ने सुझाव दिएका हुन् ।

Comment

Related News

Latest News

Trending News