२०८३ आश्विन २९, बिहीबार ०७:४४

राष्ट्रिय जनगणना लगायतका विभिन्न गणनामा गणकको रुपमा स्थानीय भाषी नै हुनुपर्ने र प्रदेश तथा स्थानीय तहमा तथ्यांक अधिकारी हुनुपर्ने व्यवस्था ऐनमा राख्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयद्वारा जनकपुरधाममा बुधवार तथ्यांक संकलन र व्यवस्थापनमा संघ, प्रदेश तथा स्थानीय तहबीचका अन्तरसम्बन्ध तथा तथ्यांक सम्बन्धी कानून र सर्वेक्षण अनुमति प्रणालीको कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया आयोजित कार्यक्रममा यस्तो बताइएको हो । सो कार्यक्रममा तथ्यांक ऐन २०७९ मा रहेको व्यवस्था बारे जानकारी गराइएको थियो । यस्तै कार्यक्रममा राष्ट्रिय जनगणना लगायतका गणकहरुमा देखिएको त्रुटिबारे सहभागी वक्ताहरुले कुरा राखेका थिए । कार्यक्रममा सहभागीहरुले स्थानीय भाषामै गणना हुनुपर्ने र गणक परिचालन गर्नुपर्नेमा आ आफ्ना विचार राखेका थिए । यसका साथै राष्ट्रिय तथ्यांक कार्यालयले संकलन गरेको व्यक्तिगत तथ्यांक कतिको सुरक्षित छन र त्यसको गोपनीयता बारे समेत कुरा उठाइएको थियो ।

Comment

Related News

Latest News

Trending News