२०८३ कार्तिक ११, बुधवार १०:५१

खानाका लागि जनकपुरधाममा प्रख्यात रहेका नवरंग होटलले सुविधा सम्पन्न आवाससहित नयाँ होटल सञ्चालनमा ल्याएको छ ।

नयाँ नवरंग होटल भनेर सञ्चालनमा आएको सो होटलको मंगलवार उद्घाटन गरिएको छ । सो होटलमा आवासका लागि प्रत्येक रुममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक प्रकाश भगतले जनाएको छ । होटलमा अत्याधुनिक व्यवस्था सहितको रुम, रेष्टुरेन्ट, सेमिनार हल, पार्किँग र रिफ्रेसमेन्ट पैलेससहितको व्यवस्था रहेको छ । होटलको थप आकर्षण भनेको माथिल्लो तल्लामा भ्यूटावरको व्यवस्था रहेको छ । सो भ्यूटावरबाट पुरै जनकपुरधामको अवलोकन गर्न सकिनेछ । होटलमा ३५ वटा कोठा रहेको छ ।

भगतका अनुसार सञ्चालनको अवसरमा हाल छुटसहित दुई हजारदेखि ३ हजार पांचसय रुपैयासम्मको रुमको व्यवस्था रहेको छ । यसका साथै गाडी चालकका लागि निशुल्क छुट्टै कोठाको व्यवस्था समेत रहेको छ । सञ्चालक भगतले भने जनकपुरधाम आउने पर्यटकलाई सबैभन्दा ठूलो समस्या गाडी चालकका लागि थप एउटा रुम लिनुपर्ने बाध्यता रहेको थियो । सो समस्या समाधानका लागि यस होटलमा चालकका लागि निशुल्क एसीसहितको छुट्टै रुमको व्यवस्था गरिएको उनले जानकारी दिए ।

Comment

Related News