२०८३ कार्तिक १२, बिहिवार ११:२३
सुनको भाउ आज पनि बढेको छ।
सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बुधबार तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ८३ हजार २ सय कायम भएको थियो। मंगलबार पनि सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको थियो।
त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ। चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ घटेर ३ हजार ९ सय ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
बुधबार चाँदीको भाउ तोलाको ३ हजार ९ सय ७० रुपैयाँ थियो।


