२०८३ कार्तिक १२, बिहिवार १५:४६
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ ।
बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो ।
काठमाडौँले प्रस्तुत गरेको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । जनकपुरको जितमा मोइन अली नायक बने । उनले अर्धशतकीय पारी खेल्दै टोलीलाई जितसम्म डोर्याए ।
यसअघि, पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग पराजित भएको थियो । यता, काठमाडौँले भने पहिलो खेलमा हारको स्वाद चाखेको छ ।


