२०८३ कार्तिक १४, शनिवार १५:३७

बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा गोली चल्दा एक किशोर गम्भीर घाइते भएका छन् ।

स्थानीय १६ वर्षीय आदित्य पासवान घाइते भएका हुन् । उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको जनाइएको छ ।

अस्पतालमा आवश्यक सेवा, जनशक्ति र पूर्वाधारको व्यवस्था नगरी उद्‌घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेपछि विवाद चर्किएको थियो । सो क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको र गोलीसमेत चलेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटा प्रमुख अतिथि रहने गरी दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको थियो ।

Comment

Related News

Latest News

Trending News