२०८३ कार्तिक १५, आइतवार १०:४७
नेपाल प्रिमियर लिग एनपिएलको नवौं खेलमा आज पोखरा जनकपुर बोल्ट्स र पोखरा राइनोज् भिड्दैछन्।
खेल साँझ ५ बजे हुनेछ।
शनिबार पानी परेपछि निर्धारित खेल हुन सकेन। पहिलो खेलमा लुम्बिनी र पोखरा एभेन्जर्सबीच हुने तालिका रहेकामा उक्त खेल रद्द भएको थियो।
दोस्रो खेलामा विराटनगर र सुदूरपश्चिममले ५-५ ओभर खेलेका थिए। खेलमा विराटनगर विजयी भएको थियो।
आज भने काठमाडौंमा पानी पर्ने सम्भावना कम छ। त्यसकारण साँझको खेल निर्वाध रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।
जनकपुरले प्रतियोगितमा तेस्रो खेल खेल्दैछ। उसले अहिलेसम्म खेलेको दुई खेलमध्ये एक जित र एक हार ब्यहोरेको छ।
पोखराले एक खेल खेलेकोमा पराजित भएको थियो। आजको खेलबाट दुवै टोली जितको खोजीमा हुनेछ।


