२०८३ कार्तिक १६, सोमवार १४:४६

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतान्त्रिक मूल्यमान्यता र संविधानलाई कमजोर पार्ने काम गरेको आशंका व्यक्त गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, संविधान र राज्यका संवैधानिक अङ्गहरूलाई कमजोर पार्ने काम गरिरहेको आशंका व्यक्त गर्नुभएको हो ।

उहाले उच्च जिम्मेवार पदमा रहेका व्यक्तिहरू अत्यधिक संयमित र उत्तरदायी हुनुपर्नेमा, हाल कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको सामाजिक सञ्जाल गतिविधिले राज्यको जिम्मेवारीलाई बालबालिकाले खेल्ने भाँडाकुटी जस्तो बनाइएको तर्क गर्नुभयो ।

चुनाव प्रचारका क्रममा प्रधानमन्त्रीको साथमा रहेका र जिताउने अभियानमा खटिएका एक चर्चित पात्रको विषयलाई लिएर, प्रधानमन्त्रीले नै समाजका अङ्गहरूलाई प्रभावित वा नियन्त्रण गर्न परिचालन गर्न खोजिएको हो की भन्ने आशङ्का उब्जिएको उहाले बताउनुभयो ।

महासचिव पोखरेलले सरकारका गतिविधिहरुप्रति स्वयं रास्वपा समेत सन्तुष्ट नरहेको दावी गर्नुभयो ।

उहाले जनताले ठूलो अपेक्षा गरेर दिएको जनादेश विपरीत देशको स्थिति नकारात्मक दिशामा गएकाले यसलाई सच्याउनु र सुधार गर्नु सबैको साझा कर्तव्य भएको धारणा राख्नुभयो ।

Comment

Related News

Latest News

Trending News