अपडेट 
२०७७ जेष्ठ १३, मंगलवार १७:४९

जनकपुरधाम । हिमानी ट्रष्टको सहयोगमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयबाट पर्देश २ को जनकपुर , वीरगञ्ज, राजविराज र लहान लगायत आठवटै जिल्लामा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएकोछ ।

संघको वीरगञ्ज, राजविराज, जनकपुर र लहान शाखाको मार्फत के एन ९५ मास्क ८ सय थान, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको संघको प्रदेश २ का ईञ्चार्ज एवं केन्द्रिय विपद् व्यवस्थापन समितिका सदस्य डा.योविन यादवले जनाए ।

हिमानी ट्रस्टले नेपाल चिकित्सक संघलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको बताउँदै डा.यादवले भने, प्राप्त स्वास्थ्य सामग्रीहरु कोरोना भाइरससितको लडाईमा अग्रपंगतीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराइएकोछ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकोछ ।संक्रमितहरुको हाल सम्म संख्या २ सय ३३ रहेका छन् ।

Comment


Related News

Latest News

Trending News