अपडेट 
२०७७ जेष्ठ १३, मंगलवार १७:५५

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १३ मा जग्गा सम्बन्धी विवादमा भएको कुटपिटबाट ३ महिलासहित ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

स्थानीय व्यक्तिले गरेको कुटपिटबाट नागेश्वर यादव, बिमल यादव, आरती देवी, हिरादेवी, सुभनीदेवी घाइते भएका छन् । घाइतेमध्ये नागेश्वर र बिमलको टाउको फुटेको छ । यसमध्ये नागेश्वरको जनकपुरधामको प्रादेशिक अस्पतालबाट थप उपचारका लागि विराटनगर लगिएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

नागेश्वर यादव सिरहा निवासी सुरेन्द्र कुसियैतको जग्गामा बटिया खेती गर्दै आएका थिए । तर, आईतबार रामनारायण उक्त खेतमा गएर जोत्न लाग्दा उनले रोकेका थिए । जग्गाधनीले आफूलाई बटिया खेत ीगर्न जग्गा दिएको भन्दै उनले जोत्न रोकेको बताए ।

खेत जोत्न रोक्दै घर आएपछि आइतबार साझ उनीहरुले कुटपिट गरेको मिथिलेश यादवले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News