२०८३ कार्तिक १९, बिहिवार १८:३३

मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रायल अन्तर्गतको स्वास्थ्य निर्देशनालयद्वारा आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थयकर्मि तथा स्वास्थ्य संस्थाबाट सम्पादित कार्यहरुको वार्षिक समिक्षा गोष्ठिमा चर्चा भएको छ । सो अवसरमा स्वास्थ्य सेवा प्रवाह, गुणस्तरीय शिक्षा र संस्थागत उपलब्धिको उच्च मुल्यांकन गर्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मधेश प्रदशकै उत्कृष्ठ स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको छ । गोष्ठिमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.विनोद कुमार यादवलाई कदर पत्र तथा सम्मान प्रदान गरिएको थियो । प्रतिष्ठानले यस क्षेत्रको स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा पुर्याएको योगदानको कदर गर्दै विशेष प्रशंसा गरेको थियो ।

गोष्ठिमा प्रदेशभरिका स्वास्थ्य क्षेत्रका विज्ञहरु, निर्देशनालयका निर्देशकलगायतका स्वास्थ्य सम्बद्ध उच्च अधिकारीहरुको उपस्थित रहेको थियो ।

Comment

Related News

Latest News

Trending News