२०८३ कार्तिक २०, शुक्रवार १६:४३

कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ। मिलरले ५५ बलमा अविजित ९३ रन बनाएका थिए।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।  कर्णालीका दीपक डुम्रेले १२ बलमा १८ रन बनाए। उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान सोमपाल कामीले आठ, गुल्सन झाले तीन, पवन सर्राफले पाँच र हुसेन तलातले एक रन बनाए। मार्क वाटले चार रन जोड्दा अरिफुल इस्लाम खाता नखोली आउट भए।

सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए। हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनाश बोहराले एक–एक विकेट लिए।

टस हारेर मैदानमा ब्याटिङमा उत्रेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १७६ रन बनायो। सुदूरपश्चिमका लागि  ओपनर सैफ जैवले सर्वाधिक ३५ रन बनाए। विनोद भन्डारी २७, ब्रान्डन माकमुलेन २४,  इशान पान्डे २३, आरिफ शेख ११, कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भए।

कर्णालीका लागि मार्क वाटले दुई विकेट लिँदा नन्दन यादव,हुस्सेन तलत र सुर्य तामाङले समान एक एक विकेट लिए।

Comment

Related News

Latest News

Trending News