अपडेट 
२०७७ जेष्ठ १३, मंगलवार २०:१४

लाहन । सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाले भगवानपुर गाउँपालिका–४ का २६, २९, ३६र ३७ वर्षका पुरुष र नवराजपुर गाउँपालिका–१ मा एक पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ । संक्रमित सबै भारतका विभिन्न स्थानबाट आएकाहरु हुन् ।

संक्रमित भएकाहरुलाई धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News