राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गर्नुभएको छ ।
सोमबार जनकपुरको जानकी मन्दिरबाट सांसद सिंहले मेची–महाकाली पदयात्रा सुरु गर्नुभएको हो । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई विदाई गर्नुभएको थियो । सो क्रममा सभापति लामिछानेले पदयात्राले मधेस, पहाड र हिमाल तथा सिङ्गो देशलाई जोड्ने, विभिन्न ठाउँमा सद्भाव र एकता कायम गर्ने सन्देश दिने उद्देश्य राखेको भन्दै सांसद सिंहलाई शुभकामना दिनुभयो । जात, लिंग, धर्म, सम्प्रदाय वा भूगोलभन्दा माथि उठेर सबैलाई जोड्न गरिएको पदयात्रा सफल हुने उहाको विश्वास छ ।
देशका बिभिन्न स्थानमा पुगेर जनताको कुरा सुन्नका लागि पदयात्रा सुरु गरेको सांसद सिंहले जानकारी दिनुभएको छ ।


