२०८३ मंसिर २, बुधवार १६:५६

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगन्जका तत्कालीन दुई अधिकृतविरुद्ध घुस लेनदेनको आरोपमा मुद्दा दायर भएको छ ।

सेवाग्राहीबाट तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा छैटौँ तहका प्राविधिक अधिकृतद्वय गजेन्द्रप्रसाद जायसवाल र विक्की यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार (मंसिर २) विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

पर्साको ठोरी गाउँपालिका–३ मा सञ्चालित जलस्रोत पुनर्भरण तथा भण्डारण योजनाको काम सम्पन्न भएपछि भुक्तानी र धरौटी रकम फिर्ता गर्ने प्रयोजनाका लागि घुस लिएको आरोप उनीहरूविरुद्ध लगाइएको छ ।

अधिकृतद्वय जायसवाल र यादवको मिलेमतोमा सेवाग्राहीसँग तीन लाख ४५ हजार रुपैयाँ घुस रकम मागिएको दाबी अख्तियारको छ । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र बिगो बराबर जरिबाना गर्न अख्तियारको माग छ ।

Comment

Related News

Latest News

Trending News