२०८३ मंसिर ४, शुक्रवार १२:०१

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिएका हुन्।

सचिव राईका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन्। सचिव राईका अनुसार प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ।

Comment

Related News

Latest News

Trending News