२०८३ मंसिर ६, आइतवार १८:४९
नेपाल भ्यालुयर्स एसोसिएसन मधेशको नयाँ नेतृत्व चयन गरिएको छ । एसोसिएसनको अधिवेशनबाट ई. शिवकुमार यादव अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा ई. शिव प्रसाद साह र ई. विनोद श्रेष्ठ उपाध्यक्ष, सचिवमा ई. पवन महतो, कोषाध्यक्षमा ई. मनोज कुमार साह र सह–सचिवमा ई. धिरज कुमार साह चयन भएका छन् । त्यस्तै सदस्यहरूमा ई. सुमन प्रसाद बजगाईं, ई. संजय कुमार यादव, ई. कुनन्दन शर्मा, ई. सन्तोष कुमार साह र ई. शिव शंकर महतो चयन भएका हुन् ।
पूर्व अध्यक्षमा मुन्ना सर्राफको अध्यक्षता एवं नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ई. संजय कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष ई. विकास बानियाँ सल्लाहकारहरू ई. शंकर अर्याल, ई. लाल बाबु साह, ई. दिलीप श्रीवास्तव तथा जनकपुर च्याप्टरका अध्यक्ष ई. पवन महतो लगायतको उपस्थिति रहेको थियो ।

