अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार ०५:५८

जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट जोगिन जारी लक डाउनमा आफ्नो घर खोजेका धनुषाका एक युवकलाई मृत्युवरण गर्नुपरेको छ । घर नआउँदै उनको मृत्यु भएको छ ।

चार महिनाअघि मात्रै रोजगारी गर्न भारतको गुजरात गएका सहीद नगरपालिका वडा नम्बर ९ का युवक घर फर्कनै लाग्दा जटही सीमामा प्राण त्यागेका छन् । लामो समयदेखि भोकको सामना गरेका उनले बुधबार बिहान जटही सीमामै प्राण त्यागे ।

अप्ठ्यारोमा रहेको जनाउँ परिवारलाई गराए लगतै बिरेन्द्र गुरमैता यादवको भारतीय भूमिमा मृत्यु भयो । झण्डै महिना दिनदेखि उनी च्यूरा र भुजा मात्रै खान बाध्य भएका थिए ।प्रयाप्त पानी समेत पिउन नपाएका यादवको बेहोस भएर मृत्यु भएको बताइएकोछ ।

‘एम्बुलेन्स लिई राति १ बजे जटही पुग्यौं’ मृतकका भाई धिरेन्द्रले भने, ‘तर रातभरि एम्बुलेन्सलाई दाजुभएतिर छिर्न दिइएन् ।’पैदलै जान खोजेपनि दाजु सम्म प्रहरीले पुग्न दिएन् ।‘मेरो दाईको ज्यान लिने सुरक्षाकर्मीहरु नै हुन्’ उनले भने, सीमामा अन्न र पानी बिना छट्पटिएका दाजुको ज्यान जोगाउन सकेनौ ।

मृतकको शवलाई नेपाली सेनाको टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको छ । ल्याउनेवित्तिकै उनको स्वाब संकलन गरिएको छ ।

युवकको मृत्युबाट आक्रोशित भएका नेपालीहरुले सुरक्षा घेरा तोड्दै नेपालमा प्रवेश गरे ।प्रहरीले बाटोमा नै उनीहरुलाई रोकेर बसबाट सम्बन्धित पालिकाहरुको क्वारेन्टाइनमा पु¥याएको थियो ।

Comment


Related News

Latest News

Trending News