अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार ०६:५७

काठमाण्डु । कोरोना भाइरस संक्रमितको संख्या एक दिनमै हाल सम्मकै सर्वाधिक १ सय १४ जना देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार अब नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८ सय ८६ पुगेको छ ।

मन्त्रालयमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले कूल सङ्क्रमितमध्ये ७ सय ९६ पुरुष र ९० जना महिला रहेको बताए । सङ्क्रमण पुष्टि भएकामा सप्तरीको बोदेबसाइन नगरपालिकाका ८, बालबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका १ जना छन् ।

यसैगरि रौतहटको गढिमाई नगरपालिकाका ७ जना, सिरहाको सिद्धिचरण नगरपालिकाका १, सिरहा स्थायी ठेगाना भएका तर हाल सप्तरीको रुपनी बस्ने १, बाराको पर्चौता नगरपालिकाका ७, रौतहट स्थायी ठेगाना भई हाल बारामा रहेका १, रौतहटको गौर नगरपालिकाका ८, देवाही गोनाही नगरपालिकाका २, कटहरिया नगरपालिकाका २ र रौतहटकै अन्य स्थानका १६ जना छन् । पहिचान भएका सबै सक्रमित क्वारेन्टिमै रहेका प्रवक्ता देवकाटाले जनाए ।

मन्त्रालयका अनुसार झापाको गौरादह नगरपालिकाका २ , कचनकवल नगरपालिकाका १५ जना छन् । मकवानपुरको हेटौँडाका १, बागलुङको तमानखोला गाउँपालिकाका ४ र बडिगाड गाउँपालिकाका २, रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका ३, दाङको घोराही उपमहानगरपालिकाका ७ र लमही नगरपालिकाका ८, बाँकेको डुडुवा गाउँपालिकाका २ , राप्ती सोनारी गाउँपालिकाका ७, वैजनाथ गाउँपालिकाका ६ र खजुरा गाउँपालिकाका १ जना छन् ।

सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं ५ का छन् । सो प्रदेशका ९ जिल्लामा ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा १७ जना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश नं १ का ७ जिल्लामा १ सय ३, प्रदेश नं २ का ८ जिल्लामा ३ सय २४, वाग्मती प्रदेशका ११ जिल्लामा ३९, गण्डकी प्रदेशको ४ जिल्लामा १३ र कर्णाली प्रदेशको ३ जिल्लामा २५ सङ्क्रमित फेला परेका छन् । यससँगै कोरोना संक्रमित फेला परेको जिल्ला ४७ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News