प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणका क्रममा शुभारम्भ गरिएको अयोध्याधाम–जनकपुरधाम रेल मंगलबार जनकपुरधाम आइपुगेको छ ।
सोमबार भारतको हैदरावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर शुभारम्भ गर्नुभएको सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो ।
उक्त रेलमार्फत नेपाल आएका यात्रुहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादव तथा जनकपुरधाम उपमहानगरपालिका, स्थानीय प्रशासन, जनकपुरधाम उद्योग वाणिज्य सङ्घ लगाएतका प्रतिनिधिहरुले स्वागत गरेका थिए बटुकहरूले स्वस्तिवाचन गरी धार्मिक यात्रामा आएका यात्रुको स्वागत गरेका थिए ।
हप्तामा एक दिन सञ्चालन हुने यस रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको श्रममन्त्री रामजी यादवले बताउनुभयो । उहाले हजारौँ वर्षदेखिको राम–जानकीको कथाअनुसार दुवै पवित्र धामलाई जोड्ने रेल सेवा सुरु भएसंगै दुवै देशको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्ध थप प्रगाढ भएको धारणा राख्नुभयो ।
उहाले जनकपुरधाममा हरेक वर्ष धुमधामसँग मनाइने विवाहपञ्चमी महोत्सव नजिकिँदै गर्दा अयोध्याबाट जनकपुर आउने श्रद्धालु तथा भक्तजनलाई रेल सेवामार्फत आउन अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

