२०८३ मंसिर ९, बुधवार ११:५७

आज सुनचाँदीको मूल्य घटेको छ ।

सुन तोलामा छ हजार ५०० र चाँदी १०५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँ  र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ४० रुपैयाँ कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी तीन हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment

Related News

Latest News

Trending News