सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा गिद्दे प्रेसको दोश्रो वार्षिकोत्सव कार्यक्रममा मन्त्री तिमिल्सिनाले मन्त्री पद निश्चित अवधिको जिम्मेवारी मात्र भएको उल्लेख गर्दै त्यसपछि पनि सञ्चार तथा पत्रकारिता क्षेत्रमा योगदान पुराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकको कानुनी सुधारका लागि काम भइरहेको धारणा राख्नुभयो । नयाँ पत्रकारिताका आयामहरुलाई समेत राज्यले चिन्ने गरि कानून निर्माण गरिने उहाले बताउनुभयो ।
उहाले युट्युब पत्रकारितालाई नियमन र दायरामा ल्याउनुपर्ने विषय सकारात्मक भएको बताउनुभयो ।
मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसलाई प्रतिष्ठित क्षेत्रको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार भुपाल लुइँटेललाई सम्मान गरिएको थियो ।

