अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार १२:११

सप्तरी । कोरोनाजस्तै लक्षण देखिएको भनिएकी सप्तरीकी गर्भवती महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

कंचनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया गर्भवती महिलाको मंगलबार बिहान घरमै मृत्यु भएको थियो । निरन्तर ज्वरो आउने, श्वाँस लिन समस्या हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएकै अवस्थामा मृत्यु भएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।

परीक्षणपछि उनको रिपोर्ट नेगेटिभ आएको सप्तरीका प्रहरी प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।

मृत्यु भएकी महिलाको मंगलबार नै दाह संस्कार गरिसकिएको छ । उनका परिवारका चार जनालाई नगरपालिकाले पिपिई उपलब्ध गराएर दाह संस्कार गर्न दिदैं उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

Comment


Related News

Latest News

Trending News