२०८३ मंसिर १०, बिहिवार ०७:१४

नेपालका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई उनका दिवंगत पिता डा. रामनारायण शाहको विद्यार्थी जीवनको दुर्लभ तस्बिर उपहार दिएका छन् ।

बालेनको पहिलो राजकीय भारत भ्रमणका क्रममा मोदीले दिएको उक्त उपहारलाई विशेष भावनात्मक महत्वका रूपमा हेरिएको छ । सो तस्बिर रामनारायणले भारतको गुजरातस्थित जामनगरको गुजरात आयुर्वेद विश्वविद्यालयमा अध्ययन गर्दाको हो । उनले सन् १९९४ देखि १९९८ सम्म त्यहाँको इन्स्टिच्युट अफ पोस्ट ग्राजुएट टिचिङ एन्ड रिसर्च इन आयुर्वेदमा कायचिकित्सा विषयमा स्नातकोत्तर (एमडी) गरेका थिए । संस्थानकी निर्देशक डा. तनुजा नेसारीले रामनारायण त्यतिबेला नेपाल सरकारका मेडिकल अफिसरका रूपमा कार्यरत थिए ।

उच्च शिक्षाका लागि भारत पुगेका उनले त्यहाँ चार वर्ष बिताएको स्मरण गरिन्े । त्यसक्रममा उनका छोरा बालेन पनि पितालाई भेट्न जामनगर पुगेका थिए । उनले विश्वविद्यालयको छात्रावासमा केही दिन बिताएको नेसारीले बताइन् । यसरी बालेनको बाल्यकालको सम्झनासमेत जोडिएको संस्थाको तस्बिर उपहार दिनुले भारतीय पक्षको सूक्ष्म तयारी झल्काएको छ । सन् १९४८ मा महोत्तरीको एकडारा गाउँमा जन्मिएका रामनारायणको गत वर्ष मंसिर १५ गते ७७ वर्षको उमेरमा निधन भएको थियो । पिताको निधनपछि प्राप्त युवावस्थाको तस्बिर बालेनका लागि भावनात्मक उपहार बनेको छ ।

मोदीले बालेनलाई गंगाजल, बनारसी ब्रोकेड रेशमी शाल तथा रामायणका सम्पूर्ण प्रसंग चित्रण गरिएको कलमकारी चित्र पनि दिएका थिए । त्यसको प्रत्युत्तरमा बालेनले मोदीलाई पशुपतिनाथसँग सम्बन्धित रुद्राक्ष, शालिग्राम र चन्दनलगायत सामग्री उपहार दिएका थिए ।

Comment

Related News

Latest News

Trending News