२०८३ मंसिर ११, शुक्रवार ०७:२१

लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको आड्मा धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपही निवासी रामनारायण साहले ठगी र मिटरब्याजसहित कारोबार गर्दै आएको खुलासा भएको छ ।

पिडीतहरुले बिहीबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी साहले पहिला विभिन्न प्रलोभन देखाई एलआईसी बीमा खोल्ने पछि किस्ता रकम तिर्न नसकेको अवस्थामा आफूले तिरिदिने भनी तमसुक बनाई पछि जग्गा कब्जा गर्ने गरेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा उपस्थित पिडीत स्थानीय संजयकुमार साहकी श्रीमति पुनम देवी पीडा पोख्दै भनिन् पहिला आफ्नो श्रीमानलाई ललाई फकाई बीमा खोलि दिए । पछि किस्ता रकम तिर्न नसकेपछि दुई लाख जम्मा रकमबाट ऋण दिलाई दिने भन्दै तत्काल आफैले तिर दिने भनेर तमसुक बनायो ।

अहिले आएर आफ्नो जग्गा कब्जा गर्न खोजेको छ । उनका अनुसार बीमा अभिकर्ता साहले पुनमदेवीको जग्गा रोक्का समेत गराई दिएका छन् । हाल उनले पिडीतसँग साढे ९ लाख रुपैया ब्याजसहित माग गरिरहेको छ । पूनमले भनिन् वर्ष २०७६ सालदेखि नै आफू न्यायका लागि ध्याई रहेको छु । तर कुनै सरोकारवाला निकायले चासो लिएको छैन । जिल्ला अदालत र उच्च अदालतमा बीमा अभिकर्ता साहले पिडीतहरुमाथि नै मुद्दा दिएका छन । उच्च अदालतले २०७७ सालदेखि नै पिडीत पुनमको जग्गामा निषेधाज्ञा जारी गर्दै रोक्का गरिदिएका छन । अदालतबाट न्याय नपाउने आशदेखेपछि पिडीतले पछिल्लो साता जिल्ला प्रहरी कार्यालय धनुषा जाहेरी दिएपछि उनी परेको थियो । तर छलफलका लागि भन्दै आइतवार नै सोमवार उपस्थित हुने शर्तमा छाडिसकिएको छ ।

हालसम्म उनी छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको छैन । यस्तै निर्मला देवी साहले बीमा अभिकर्ता साह आफ्नो नातेदार भएपनि ठगी गरेको आरोप लगाईन । उनले भनिन् आफूले डेढ लाख रुपैया ऋण लिएको थिए । अहिले आएर १२ लाख रुपैया माग गर्दै जग्गा कब्जा गर्न खाजेको आरोप लगाईन । उनले भनिन् डेढ लाख रुपैया चुक्ता गरिसकेको छु । ब्याजवापत थप डेढ लाख रुपैया दिन चाहेपनि जग्गा फिर्ता नगरी रोक्का गराई दिएको आरोप लगाईन । यस्तै अर्का स्थानीय पुनम देवी ठाकुरले पनि आफ्नो श्रीमानलाई बीमा बनाउने नाममा नै ठगी गरेको आरोप लगाईन ।

उनले पनि भनिन बीमा किस्ता तिर्ने नाममा आफ् नो श्रीमानलाई मदिरा खुवाएर तमसुक बनाई लियो थाहै भएन । अहिले आएर रकम बांकी छ भनी जग्गा कब्जा गरेका छन । साहमाथि जिल्ला प्रहरी कार्यालय चारवटा जाहेरी परेको छ ।

Comment

Related News

Latest News

Trending News