अति पिछडिएको मुसहर समुदायको पीडा बुझ्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ११ गते शुक्रवार मधेश भ्रमण्मा आउन लागेकी छिन् ।
उनले मधेस प्रदेशका धनुषा, सिरहा र सप्तरी जिल्ला भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ । भ्रमणका क्रममा मन्त्री रावलले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय तथा भूमि प्रशासन कार्यालयका पदाधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गर्ने छिन् । साथै, भूमिहीन, सुकुम्बासी तथा दलित समुदायको बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने छिन् । विशेषगरी मुसहर बस्तीमा पुगेर त्यहाँका नागरिकले भोग्दै आएका जग्गा, आवास तथा अन्य समस्याबारे जानकारी लिने छिन् ।
अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासाको सम्बोधनका उपायबारे समेत जानकारी आदानप्रदान गरिनेछ

