२०८३ मंसिर ११, शुक्रवार ११:४१
बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै एकैदिन सुनको मूल्य ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले वृद्धि भएको छ ।

