अपडेट 
२०७७ जेष्ठ १५, बिहीबार २१:५७

काठमाण्डू । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

काँग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।

काँग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

Comment


Related News

Latest News

Trending News