अपडेट 
२०७७ जेष्ठ १६, शुक्रबार ०८:३५

एम.के.चौधरी
गरुडा(रौतहट) ।
कोरोना भाइरसको सर्वाधिक पोजिटिव संख्या भएको देशको दोस्रो जिल्ला रौतहटमा क्वारेन्टाइन बनाउन नदिन विहिवार स्थानीय र प्रहरीबीच झडप भएकोछ ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवामा रहेको माध्यमिक विद्यालय भवनमा क्वारेन्टाइन बनाउन लाग्दा स्थानीयहरुले विरोधगर्दा प्रहरीले बल प्रयोग गरेको हो ।

एकजना स्थानीय बासिन्दाका अनुसार माध्यमिक विद्यालय भवन घना बस्तीमा रहेकोले क्वारेन्टाइन बनाएर कोरोनाको शंकाष्पद विरामीहरु राख्न नदिने बताउँदै बिरोधमा उत्रेका स्थानीयबासिन्दाहरुले प्रहरीमाथि ढुंगामुढा गरेको बताइएकोछ ।

भीडलाई नियन्त्रण गर्न प्रहरीले १२ राउण्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयको ढुंगामुढाबाट प्रहरी सहायक निरीक्षक सहित ६ जना सुरक्षाकर्मीको टाउको फुटेकाले स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जगर्दै १२ राउण्ड गोली हवाई फायर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

वडा नम्वर ५ कटहरियामा रहेको जनता माध्यमिक विद्यालयमा क्षमता भन्दा बढी मानिस भएपछि भसेढवा मावीमा प्रहरी सहितको टोली क्वारेन्टाइन बनाउन पुग्दा बादविवाद भई भड्प भएको थियो ।

सामान बोकेको ट्रयाक्टरलाई मा बी भसेढवाको प्रांगन बाहिरै रोकेर स्थानियले कुनैपनी हालतमा क्वारेन्टाईन बनाउन नदिने अडान लिएका थिए ।

स्थानीयको विरोध भएपछि मेयर सियाराम कुशवाहा र ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरीक्षक सुुरेन्द्र सिंहले स्थानियलाई सम्झाउँदापनि स्थिति समान्य भएन् ।इलाका प्रहरी कार्यालय गरुडाबाट घटनास्थलमा थप प्रहरी बल पुग्दा स्थानीयहरुले ढुंगामुढा गर्न थालेको प्रहरीले जनाए ।

ढुुंगामुढा प्रहारबाट प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुुटेको छ । प्रनानी सिंह सहीत ५ जना प्रहरीलाई चोटपटक लागेको र घटनालाई नियन्त्रणमा लिन लाठी चार्ज गर्दा समेत नमानेपछि बाध्य भएर प्रहरीले १२ राउण्ड हवाई फायर गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

स्थानीयको अबरोधको कारण क्वारेन्टाइन निर्माणमा समस्या भएको जनाउँदै डीएसपी महतोले भने, भारत लगायत देशकै विभिन्न जिल्लाबाट भारी संख्यामा आइरहेका मानिसहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले पालिकाहरुले थप गर्न लागेको हो ।

रौतहट जिल्लामा प्रदेश २ मै सर्वाधिक कोरोना भाइरस संक्रमितको संख्या पुष्टि भएकोछ ।टेस्ट बढन थालेपछि संक्रमितको संख्यापनि बढन थालेकोछ ।

Comment


Related News

Latest News

Trending News